महिला हिंसा राज्यलाई स्वीकार हुदैन : मन्त्री खड्का

महिला हिंसा राज्यलाई स्वीकार हुदैन : मन्त्री खड्का

  • शुक्रबार, माघ १४, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

पोखरा, १४ माघ ।

महिला, बालबालिका तथा समाजकल्याण मन्त्री कुमार खड्काले महिला सशक्तिकरण कार्यलाई राज्यले विशेष प्राथमिकतामा राखेको बताउनु भएको छ ।

पोखरा– १६ बाटुलेचौरस्थित हिमालय क्लबद्वारा उहाँको सम्मानमा आज आयोजित कार्यक्रममा बोल्दै खड्काले मुलुकको समग्र विकासका लागि महिला सशक्तिकरणमा विशेष जोड दिनुपर्ने बताउनुभयो ।

सबै प्रकारका महिला हिंसा राज्यलाई स्वीकार नहुने भन्दै मन्त्री खड्काले यसका विरुद्ध राज्य सशक्त भएर उभिने बताउनु भयो । हिंसामा परेका महिला, सडक बालबालिका र वृद्धवृद्धाको संरक्षणको दायित्व सरकारले लिन उहाँको धारणा छ ।

स्थानीय तहको निर्वाचन जतिसक्दो छिटो गराउन सरकार प्रतिवद्ध रहेको भन्दै उहाले यस सम्बन्धी विधेयक पास गराउन फास्ट ट्र्याकबाट अघि बढेकाले अव निर्वाचन हुँदैन भन्ने शङ्का नगर्न आग्रह गर्नुभयो ।

यस्तै राष्ट्रिय परोपकार महासङ्घका अध्यक्ष पण्डित कमलनयन गौतमले समाज, राष्ट्र र जनताको हितका लागि असल नियतका साथ काम गरेमा त्यस्ता व्यक्तिलाई समाजले सधँै सम्मान गरिरहने बताउनुभयो ।

समारोहमा बाटुलेचौरका ४७ भन्दा बढी सङ्घ संस्थाले मन्त्री खड्कालाई अभिनन्दन गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ