काठमान्डौ माघ १४।
निर्वाचन आयोगलाई पूर्णता दिने बिषयमा छलफल गर्न संवैधानिक परिषदको वैठक आज वस्दैछ । बैठक सिंहदरवारमा दिउसो २ वजेका लागि बोलाइएको छ ।
निर्वाचन आयोगमा रिक्त ३ जना आयुक्त नियुक्ती सिफारिस सम्बन्धमा छलफल गर्न परिषद् बैठक बोलाईएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
सरकारले निर्वाचन मिति घोषणाको तयारी अन्तिम चरणमा र्पुयाएको तथा आवश्यक कानुन निर्माणले समेत गति लिएपछि परिषद्ले यही महिनाभित्र आयोगलाई पूर्णता दिने लक्ष्य राखेको हो ।
वैठकमा आयोगमा नियुक्त हुन बाँकी तीन जना आयुक्तको सम्भावित नामावली माथि छलफल हुने छ । निर्वाचन आयोगमा प्रमुख निर्वाचन आयुक्त र आयुक्त सहित ५ जना रहेने ब्यवस्था भएपनि हाल प्रमुख निर्वाचन आयुक्त अयोधी प्रसाद यादव र आयुक्त इला शर्मा मात्र हुनुहुन्छ ।
यस्तै लोकमानसिंक कार्की निलम्वनमा परेसंगै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख पद पनि खाली छ । यद्यपी सो विषयमा आजको वैठकमा छलफल नहुने बताईएको छ ।