मन्त्रीपरिषदमा आज राष्ट्रिय गौरवका आयोजना निर्माणमा भइरहेको प्रगतिको समिक्षा हुदै

मन्त्रीपरिषदमा आज राष्ट्रिय गौरवका आयोजना निर्माणमा भइरहेको प्रगतिको समिक्षा हुदै

  • शुक्रबार, माघ १४, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

काठमाडौ १४ माघ । 

मन्त्री परिषदको नियमित बैठक आज बस्दैछ । प्रत्येक साताको बिहिबार बस्दै आएको मन्त्रीपरिषद बैठक प्रधानमन्त्री पुष्पकमल दाहालको कार्यव्यस्तताका कारण आजका लागि सारिएको हो ।

सिंहदरबारस्थित परिषद कार्यलयमा बिहान साढे १० बजेपछि बस्ने बैठकमा सरकारका नियमित काम कारबाहीका साथै राष्ट्रिय प्राथमिकता प्राप्त ठूला आयोजनाहरु निर्माणमा भइरहेको प्रगतिको समिक्षा हुने जनाइएको छ ।

बैठकमा स्थानीय तह पुनरसंचना सम्बन्धी प्रतिवेदनमा पनि छलफल हुने संघिय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले जानकारी दिनुभयो । स्थानीय तह पुनरसंरचना सम्बन्धी प्रतिवेदन कार्यन्वयनका लागि थप छलफल गर्न मन्त्रालयले हिजै मन्त्रीपरिषदमा पठाइसकेको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले तत्काल स्थानीय निकाय निर्वाचनको मिति घोषणा गर्न माग गरिरहेको भएपनि आजको मन्त्रीपरिषद बैठकमा उक्त विषयमा छलफल नहुने मन्त्री पाण्डेले बताउनु भयो ।

निर्वाचन सम्बन्धी दुई ओटा विधेयक संसदबाट पारित भइसकेको र बाँकी विधेयक पनि पारित हुने क्रममा रहेकाले निर्वाचन सम्बन्धी विधेयकहरु पारित भइसकेपछि मात्र स्थानीय निकाय निर्वाचनको मिति घोषणाबारे छलफल हुने जनाइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ