माघ १३ काठमाण्डौं ।
प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान कार्यन्वयनको प्रकृयामा रहेकाले निकट भविष्यमा हुने स्थानीय, प्रादेशिक एवं संघीय निर्वाचनहरुको लागि तयारी अवस्थामा रहन शसस्त्र प्रहरीलाई निर्देशन दिनु भएको छ ।
पोखराको लामाटारमा शसस्त्र प्रहरी निरीक्षकहरुको आधारभुत तालिमको दिक्षान्त समारोहमा बोल्दै प्रधानमन्त्री दाहालले विपदका बेला खोज, उद्धार र राहतका लागि पनि तयार रहन निर्देशन दिनु भयो ।
नागरिकको शान्ति सुरक्षाका लागि उल्लेख्य भूमिका खेलेको भन्दै शसस्त्र प्रहरीलाई थप स्रोत साधन सम्पन्न बनाउन सरकारले सहयोग पुर्याउने समेत प्रधानमन्त्रीले बताउनु भयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline