खुमबहादुरको दबाबपछि एक सातामा पदाधिकारी चयन गर्ने निर्णयमा पुगे देउवा

खुमबहादुरको दबाबपछि एक सातामा पदाधिकारी चयन गर्ने निर्णयमा पुगे देउवा

  • बिहिबार, माघ १३, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

दाङ, माघ १३ ।
नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवाले एक साताभित्रै पार्टीका रिक्त रहेको पदाधिकारी मनोनयन गर्ने बताउनुभएको छ ।

दाङको तुलसीपुरमा आज भएको पत्रकार सम्मेलनमा बोल्दै सभापति देउवाले एक हप्ता भित्रै पार्टी पदाधिकारी र विभाग गठन गरिसक्ने बताउनुभएको हो ।

नेता खुम बहादुर खड्का पक्षधरको चर्को दबाबपछि रिक्त पदाधिकारी चयन गर्ने निश्कर्षमा पुग्नुभएक देउवाले पार्टीमा सबैलाई मिलाएर पदाधिकारी र विभाग गठन गर्ने सभावति पनि बताउनु भयो ।

खड्का पक्षधरले दाङको चखौरामा हिजो आयोजित माघी महोत्सवमा नाराबाजी गरेको थियो । उहाँले खड्कालाई पदाधिकारी बनाउने नबनाउनेबारे पार्टी्भित्र छलफल चलिरहेको बताउनुभयो ।

अर्को प्रसंगमा सभापति देउवाले आउँदो वर्षको माघसम्ममा तीन तहको चुनाव गरिसक्नु पर्ने भएकाले सहमतिको प्रयास भइरहेको बताउनुभयो ।

केही दिनभित्रै दलहरुबिच सहमति भएर चुनावको वातावरण बन्नेमा आफू आशावादी रहेको भन्दै उहाँले २०७४ माघ ७ गतेभित्र निर्वाचन हुदैनकी भन्ने आशंका नगर्न आग्रह गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ