सहिद धर्मभक्त माथेमाको सालिकमा माल्यार्पण

सहिद धर्मभक्त माथेमाको सालिकमा माल्यार्पण

  • बिहिबार, माघ १३, २०७३
  • मिर्मिरे अनलाइन

  • 19.5K
    SHARES

काठमाण्डौ ,१३ माघ ।
सहिद सप्ताह अन्तरगत आज सहिद धर्मभक्त माथेमाको सालिकमा माल्र्यापण गरि श्रद्धान्जलि दिईएको छ ।

जहानियाँ राणा शासनविरुद्ध विभिन्न गतिविधि सञ्चालन गरेको भन्दै उहाँलाई राणाशासकले विसं १९९७ माघ १३ गते सिफलस्थित बकैनाका रुखमा फाँसी दिएका थिए ।

माथेमाले अमरत्व प्राप्त गरेको सोही रुख नजिकै उहाँको सालिक स्थापना गरिएको छ । उक्त सालिकमा आज पूर्वराजदूत प्रा केदारभक्त माथेमा , काठमाण्डौ महानगरपालीकाका कार्यकारी अधिकृत रुद्रसिंह तामाङ लगायत परिवार, आफन्त, शुभचिन्तक तथा अन्य सहभागीले माल्यार्पण गरेका थिए ।

काठमाडौँ महानगरपालिकाले आयोजना गरेको उक्त कार्यक्रममा पूर्वराजदूत माथेमाले धर्मभक्तले राजा त्रिभुवन र जनता बीचको सन्देश आदानप्रदान गरी प्रजातन्त्र स्थापनाका लागि आफूलाई बलिदान गर्नुभएको बताउनुभयो ।

महानगरपालीकाका कार्यकारी अधिकृत तामाङले सहिद माथेमाले देखाएको त्याग र निष्ठाको बाटोलाई अहिलेका राजनितिक दल तथा नेताहरुले अवलम्बन गर्न नसकेको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।

विसं १९६६ असोज ९ गते स्थानीय ॐबहालमा जन्मनुभएका धर्मभक्तले राणाशासनको आतङ्कबाट जनतालाई मुक्त गर्न विसं १९९३ मा आफ्नै घरमा नेपाल प्रजा परिषद्को स्थापना गर्नुभएको थियो । उहाँले भारतको दार्जि्लिङ र कोलकातामा अध्ययन गर्नुभएको थियो ।

काठमाडौँको लैनचौरमा प्रजा परिषद्को गोप्य बैठक बसिरहेका बेला उहाँसहित धेरैलाई पक्राउ गरिएको थियो । माथेमाका पिता आदिभक्त राणाकालीन समयमा सुब्बा तहको सरकारी कर्मचारी हुनुहुन्थ्यो ।

माथेमा सहित शहिद शुक्रराज शास्त्री, ,दशरथ चन्द र गंगालाल श्रेष्ठ लाई पनि राणा शासनकै बेला हत्या गरिएको थियो । यहि माघ १६ गते बिभिन्न कार्यक्रम गरी मुलुकभर सहिद दिवश मनाउने तयारी गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ