गोली हानेर दुई लाख लुटियो मोरंगमा

गोली हानेर दुई लाख लुटियो मोरंगमा

  • बुधबार, माघ १२, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

मोरङ, १२ माघ । मोरङको कर्सियामा आज दिउँसो लुटेराहरूको एक समूहले वित्तीय संस्थाका एक कर्मचारीमाथि गोली प्रहार गरेर रु दुई लाखभन्दा बढी लुटेका छन् ।
लुटेराको समूहले वित्तीय संस्था जीवन विकास समाजका कर्मचारी ३५ वर्षीय घनश्याम बहरदारमाथि गोली प्रहार गरेर रकम लुटेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
कर्सियाको पश्चिमतर्फ रहेको खोला छेउमा ढुकेर बसेका चारजना लुटेराको समूहले जीवन विकास समाजका वरिष्ठ फिल्ड सहायक बहरदारमाथि गोली प्रहार गर्नुका साथै रडले समेत प्रहार गरेका थिए ।
दादरबेरियाबाट रकम सङ्कलन गरेर फर्कंदै गर्दा लुटेराहरूले रकम लुटेर फरार भएको जीवन विकास समाजका फिल्ड सहायक रवीन्द्रनारायण ठाकुरले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ