निर्वाचन सम्बन्धी दुई विधेयक आज पारित गर्ने संसदको तयारी

निर्वाचन सम्बन्धी दुई विधेयक आज पारित गर्ने संसदको तयारी

  • बुधबार, माघ १२, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाडौ १२ माघ ।  

व्यवस्थापिका संसदको बैठक आजपनि बस्दैछ । नयाँ बानेश्वरस्थित संसद भवनमा दिउँसो दुईबजेपछि बस्ने बैठकले निर्वाचन सम्बन्धी दुइ ओटा बिद्येयक पारित गर्ने कार्यसुची रहेको संसद सचिवालयले जनाएको छ ।

हिजो बैठकमा राज्यव्यवस्था समितीका सभापति दलबहादुर घर्तिले समितिले पारित गरेको मतदाता नामावली सम्बन्धी कानुन र निर्वाचन आयोगको काम, कर्तव्य तथा अधिकार एकीकरण गर्न बनेको विधेयक पेश गर्नुभएको थियो ।

मतदाता नामावली सम्बन्धी विधेयकमा संघीय, प्रदेश र स्थानीय तहको निर्वाचनमा मतदानका लागि फोटो सहितको परिचयपत्र अनिवार्य गर्ने प्रस्ताव गरिएको छ ।

त्यस्तै निर्वाचन आयोग सम्बन्धी विधेयकमा निर्वाचनको मिति सरकारले नै तोक्ने प्रावधान राखिएको छ । तर मिति तोक्नुपूर्व निर्वाचन आयोगको परामर्शलाई अनिवार्य गरिएको छ ।

आजको बैठकमा समान्य छलफलपछि दुईओटै विधेयक पारित गर्ने तयारी भएको सचिवालयले जनाएको छ । समितिले निर्वाचनसँग सम्बन्धित विधेयकको कामलाई छिटो पूरा गर्न उपसमिति बनाएर काम गरिरहेको छ ।

संबिधान जारी भएको करिब १७ महिनामा मात्रै सरकारले पहिलोपटक निर्वाचनसँग सम्बिन्धीत बिधेयक पारित गरेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ