नारायण राईको नयाँ म्युजिक भिडियो सार्वजनिक

नारायण राईको नयाँ म्युजिक भिडियो सार्वजनिक

  • बुधबार, माघ १२, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

 काठमाडौ ।

गायक नारायण राईको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । लामो समय देखि सांगीतिक क्षेत्रमा लागेका गायक राईको नाकैमा झम्के फुली बोलको आधुनिक-पप नेपाली गीत सार्वजनिक भएको हो ।

गायक राईले यो भन्दा अगाडि यो जुनीमा,मेरो माया बोलको गीतहरु सार्वजनिक गरिसकेका छन् । झम्के फुली बोलको गीतको म्युजिक भिडियो पनि बनेको छ ।

उक्त गीतको म्युजिक भिडियोमा रबिन शंकर र जिना थापाले अभिनय गरेका छन् भने, जीबी लामाले भिडियोलाई छायांकन गरेका हुन् । एरेन्ज बुद्ध स्याङ्गबाले गरेका हुन् भने, भिडियो सम्पादन निशान घिमिरेले गरेका छन् । यो गीतको शब्द संगीत डम्वर हिङ्गमाङ्गको रहेको छ ।

अगाडिका गीत स्रोता दर्शकहरुले अत्यन्तै मन पराई दिएकोमा राईले खुशी हुदै यो गीत पनि मन पराई दिनेमा आफु विश्वस्त रहेको राईले बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी