काठमाडौ ११ माघ ।
न्यायधिश नियुक्तिको विरोधमा बहस बहिस्कार गरेका सरकारी वकिलहरु काममा फर्किने भएका छछन् । न्यायपरिषदले उच्च अदालतमा गरेको ८० जना न्यायाधीश नियुक्ति विधिवत नभएको भन्दै विरोधमा उत्रिएको वकिलहरुले आजबाट आन्लोलन फिर्ता गरेका हुन् ।
संसदीय व्यवस्था तथा कानुन मन्त्रालयमा भएको आज छलफलपछि सरकारी वकिल आन्दोलन फिर्ता लिएर काममा फकिएने भएका छन् । नियुक्तिमा आफूहरुलाई बाइपास गरिएको भन्दै उनीहरुले गत आइतबारदेखि सबै अदालतमा इजलास बहिस्कार गर्दै आएका थिए ।
कानुनमन्त्री अजयशंकर नायक, महान्याधिवक्ता रमनकुमार श्रेष्ठ र सरकारी वकिलबीच भएको भएको छलफलमा न्यायाधीश नियुक्त गर्दा सराकारी वकिललाई प्राथामिकता दिने सहमति भएको कानुन मन्त्रीका प्रेस सल्लाहाकार बुद्ध लोप्चनले जानकारी दिनुभयो ।
आन्दोलनकारीलाई विश्वास दिलाउन आज नै न्यायपरिषदले सरकारी अधिवक्ताको मागप्रति गम्भीर भएको व्यहोरको विज्ञप्ति निकाल्ने भएको छ । न्यायपरिषद्ले पुस २९ गते न्यायाधीश नियुक्त गरको थियो ।
देशभर सरकारी वकिल एक हजार तीन सय छन् । जसमध्ये ४ सय न्यायाधीशका लागि योग्य भएको महान्यायाधीवक्ताको कार्यालयको दाबी छ ।