‘मुलुकभित्र बैमनस्यता खडा गराएर राष्ट्रियता बलियो हुदैन’

‘मुलुकभित्र बैमनस्यता खडा गराएर राष्ट्रियता बलियो हुदैन’

  • मङ्लबार, माघ ११, २०७३
  • मिर्मिरे अनलाइन

  • 11.7K
    SHARES

काठमाडौ ११ माघ ।  

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी वैशाखभित्र स्थानीय तहको निर्वाचन हुने निश्चित भएको बताउनु भएको छ । उहाँले निर्वाचनमा सहभागी भएर संविधान कार्यान्वयनमा साथ दिन आग्रह समेत गर्नुभयो ।

नेपालगञ्जको गणेशमान चोकमा आज स्व. गणेशमान सिंहको पूर्णकदको शालिक अनावरण गर्दै उहाँले वैशाखभित्र स्थानीय तहको निर्वाचन सम्पन्न गर्नका लागि बर्तमान सरकार लागिपरेको बताउनु भयो ।

संविधान कार्यान्वयनका लागि स्थानीय तह, प्रान्तिय र सङ्घीय संसदको निर्वाचन अनिवार्य रहेको भन्दै सभापति देउवाले नेपाली कांग्रेस र बर्तमान सरकार निर्वाचनका लागि प्रतिवद्ध रहेको दावी गर्नुभयो ।

पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका सभापति देउवाले वैशाखमा स्थानीय तह निर्वाचनपछि मङ्सिरमा प्रान्तिय र संघिय संसदको निर्वाचनको तयारी भएको जानकारी गराउनु भयो ।

संघिय गणतन्त्रका योगदानका लागि सबै पक्षलाई मिलाएर लैजान आवश्यक भएकाले असन्तुष्ट मोर्चाको जायज माग सम्बोधनका लागि नै सरकारले संसदमा संविधान संशोधन विधेयक दर्ता गराएको उहाँको दावी छ ।

सभापति देउवाले मुलुकभित्र बैमनस्यता खडा गराएर राष्ट्रियता बलियो नहुने बताउनुभयो । कार्यक्रममा गणेशमान सिंह फाउण्डेशनका अध्यक्ष समेत रहनु भएका नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मधेसका जनताको आवाज नेपालीको आवाज भएको बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ