त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भारतीय एयरमार्सल राख्ने सम्झौता भएको खुलासा , सम्झौता खारेज गर्न विप्लवको चेतावनी

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भारतीय एयरमार्सल राख्ने सम्झौता भएको खुलासा , सम्झौता खारेज गर्न विप्लवको चेतावनी

  • मङ्लबार, माघ ११, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

११ माघ, काठमाडौँ ।
नेकपा (माओवादी)का महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले सरकारले भारतीय हवाई सुरक्षा बल (एयरमार्सल) लाई नेपालमा बस्ने दिनेबारे गरेको सम्झौता सार्वजनिक गर्न माग गर्नुभएको छ ।

आज बिज्ञप्ती निकाले महासचिव विप्लवले नेपालको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भारतीय एयरमार्सल नेपालमा राख्ने बारे गोप्य रुपमा सम्झौता गरेको भन्दै त्यसको कडा बिरोध गर्नुभएको छ ।

बिज्ञप्तीमा भनिएको छ , ‘नेपालको एकमात्र अन्तर्रा्ष्ट्रिय हवाई अड्डा त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमान स्थलमा भारतीय हवाई सुरक्षा बल (एयरमार्सल) बस्ने स्वीकृती दिएको सम्झौता भएको जानकारी आएको छ । तर हालसम्म प्रचण्ड सरकारले यसबारे जनतालाई कुनै जानकारी दिएको छैन । यो एउटा गम्भीर राष्ट्रघात र आत्मसमर्पण हो’

महासचिव विप्लवले भारतले हिसिला यमी पर्यटनमन्त्री हुँदा पनि यस्तो प्रस्ताव आएको बताउँदै त्यसबेला पार्टीको निर्णयबाट उक्त प्रस्ताव रोकिएको तर फेरि प्रचण्डकै पालामा उक्त प्रस्ताव पास गरिनु लज्जाको विषय भएको बताउनु भएको छ ।
‘भारतले पहिलेदेखि नै नेपालको अन्तर्रा्ष्ट्रिय हवाई अड्डालाई आफ्नो नियन्त्रणभित्र राख्नको लागि भारतीय एयरमार्सल राख्ने चलखेल गरेको भएपनि सफल नभएको तर अहिले प्रचण्ड नेतृत्वको सरकारले त्यसमा सहमती जनाएको भन्दै विप्लवले कडा बिरोध गर्नुभएको छ ।

भारतले २०६५ सालमा हिसिला यमी पर्यटन मन्त्री हुँदा पनि एयरमार्सलको प्रस्ताव गरेको तर प्रस्तावलाई पार्टीको निर्णयमा रोकिएको थियो । आज प्रचण्ड प्रधानमन्त्री भएको बेला यो प्रस्ताव गरिनु र पास हुनु भनेको देशको लागि जनघात र राष्ट्रघात तथा सार्वभौमिकताका दृष्टिले लज्जास्पद र असैय विषय हो’ विज्ञप्तिमा भनिएको छ ।

विप्लवले सम्झौता खारेजको माग गर्दै यदि तत्काल सम्झौता खारेज नगरे आफ्नो पार्टीले संघर्षका कार्यक्रम घोषणा गर्न बाध्य हुने बताउनु भएको छ । राष्ट्रघाती सम्झौत गर्नेलाई कारवाही गर्ने चेतावनी समेत उहाँले दिनुभएको छ ।

[gview file=”https://www.mirmireonline.com/wp-content/uploads/2017/01/bharatia-airmarsalbareko-baktabya-1.pdf” cache=”0″]

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ