नेपाल संविधान कार्यान्वयनको चरणमा : प्रधानमन्त्री

नेपाल संविधान कार्यान्वयनको चरणमा : प्रधानमन्त्री

  • मङ्लबार, माघ ११, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमाडौँ, ११ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार प्राप्त उपलब्धि संस्थागत गर्दै संविधान कार्यान्वयनको चरणमा रहेको बताउनु भएको छ ।

प्रधानमन्त्री निवासमा आज बिहान मरिससका पूर्वराष्ट्रपति कासाम उत्तिमबीच भएको भेटवार्ताका क्रममा प्रधानमन्त्री दाहालले सहमतीकै आधारमा तीन तहकै निर्वाचन गरी संबिधान कार्यान्वयन गर्ने बताउनु भयो ।

नेपालको शान्ति प्रक्रियाको अनुभव विश्वकै लागि उदाहरणीय रहेको भन्दै उहाँले शान्ति प्रक्रियामा अन्तर्रा्ष्ट्रिय समुदायले देखाएको सद्भावप्रति आभार व्यक्त गर्नुभयो ।

भेटमा पूर्वराष्ट्रपति कासामले नेपालको शान्ति प्रक्रिया मौलिक ढङ्गले पूरा भएको तथा नयाँ राजनीतिक प्रक्रियामा नेपाल सहभागी भएकामा सराहना गर्नुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

उहाँले नेपालको शान्ति प्रक्रियाको अनुभव विश्वकै लागि उदाहरणीय भएकाले त्यो अनुभव अन्तर्रा्ष्ट्रिय रुपमै आदानप्रदान गर्न आफूहरु इच्छुक रहेको पनि बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ