कांग्रेस माओवादी र मधेशी मोर्चाको संयुक्त बैठक बस्दै

कांग्रेस माओवादी र मधेशी मोर्चाको संयुक्त बैठक बस्दै

  • मङ्लबार, माघ ११, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

काठमाडौ ११ माघ ।  

सत्तारुढ दल कांग्रेस माओवादी र मधेशी मोर्चाको संयुक्र बैठक आज बस्दैछ । सरकारले छिट्टै स्थानीय तहको निर्वाचन घोषणा गर्ने जनाएपछि सशांकित बनेको मोचाले सरकारसँग छलफल गर्न लागेका हुन् ।

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा अपरान्न ४ बजेपछि बस्ने बैठकमा सत्तारुढ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रलाई संविधान संशोधन नगरी चुनाव घोषणा नगर्न दबाव दिने मोर्चाको तयारी छ ।

मधेसी मोर्चाका नेताहरुले छिट्टै स्थानीय निकाय निर्वाचनको मिति घोषणा गर्ने तीन दलको सहमतिबारे प्रधानमन्त्रीको आधिकारिक धारणा माग्ने तयारी गरेका छन् ।

स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदनमा आपत्ति जनाउदै मधेसी मोर्चाले संसदमा दर्ता भएको संविधान संशोधन विधेयक पास नभएसम्म चुनावमा नजाने बताएका छन् ।

प्रधानमन्त्रीले भने राष्ट्रिय सभाको निर्वाचक मण्डलबाट गाउँपालिका र नगरपालिकाका प्रमुख उपप्रमुखको भोटिङ राइट हटाएर स्थानीय चुनावमा जाने प्रस्ताव गरेका छन् ।

यसका लागि पनि संविधान संशोधन हुन जरुरी छ । एमालेले यसबारे धारणा सार्वजनिक गरेको छैन । आजको बैठकमा संसदमा दर्ता भएको संविधान संशोधन विधेयक लगायतका विषयमा पनि छलफल हुने नेताहरुले बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ