काठमाडौ १० माघ ।
कानुनमन्त्री अजयशंकर नायकले महान्यायाधिवक्ता रमणकुमार श्रेष्ठले दबाबमा परेर सरकारी वकिलहरुलाई आन्दोलनमा उतारेको आरोप लगाउनु भएको छ ।
रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कारमा बोल्दै उहाँले उच्च अदालतमा गरिएको ८० न्यायाधीश नियुक्ति सकेसम्म समावेशी बनाउने प्रयास भएको दाबी गर्नुभयो ।
सरकारी वकिलहरुले अहिले गरिरहेको क्रियाकलाप शोभनीय नभएको भन्दै मन्त्री नायकले सरकारी वकिलको यस्तो कार्यले जनतामा राम्रो सन्देश नगएको टिप्पणी गर्नुभयो ।
उहाँले उच्च अदालतमा नियुक्तीका क्रममा नेपाल बार एशोसियसनले ५० प्रतिशत मागेकोमा ४० प्रतिशतसम्म र्पुयाएको समेत स्पष्ट पार्नुभयो । सरकारी वकिलहरुबाट ४ जनालाई न्यायाधीश बनाइएको भन्दै मन्त्री नायकले सरकारी वकिलहरुलाई काममा फर्कन सुझाव दिनुभयो ।
सरकारी वकिल समाजका कार्यावाहक अध्यक्ष नारायण पौडेलले उच्च अदालतमा गरिएको ८० न्यायाधीशको नियुक्ति समानुपातिक र विधिसम्मत नभएकाले आफूहरु आन्दोलनमा ा उत्रिन बाध्या भएको धारणा राख्नुभयो ।
नेपाल बार एशोसियसनका उपाध्यक्ष मोतिराज गौतमले सरकारी वकिलहरुको आन्दोलनमा बारको समर्थन रहेको बताउनु भयो । बार सधै स्वतन्त्र न्यायापालिका को पक्षमा रहेको भन्दै उहाँले सरकारी वकिलहरुको मागमा बारको समर्थन रहेको बताउनु भयो ।