काठमाण्डौ ,१० माघ ।
नेकपा (माओवादी ) का महासचिव नेत्र बिक्रम चन्द (विप्लव)ले मुलुकको परिवर्तन र जनताको अधिकार दिलाउन फेरी एकपटक गंगालाल बन्न तयार हुनुपर्ने बताउनु भएको छ ।
राजधानीमा आयोजित कार्यक्रममा विप्लवले युवाको बलिदानि बिना मुलुको आमुल परिवर्तन सम्भव नभएको बताउनु भयो । उहाँले भन्नुभयो , हाम्रो शरीर कसैले छुन पाउदैन तर यदि राष्ट्रले माग्यो भने समर्पण गर्न तयार हुनुपर्छ , मुलुकलाई एकपटक फेरी गंगालाल चाहिएको छ ।
उहाँले मुलुकमा अब फेरी क्रान्ति हुने उद्घोष गर्दै अब विगतमा जस्तो जङगलबाट नभएर काठमाण्डौ केन्द्रित हुने बताउनु भएको छ । उहाँले भन्नुभयो अब जनतासहितको क्रान्ति हुन्छ , काठमाण्डौको गल्लि चोक र युनिभर्सिटिहरुबाट आन्दोलन चर्कनेछ ।
विप्लव माओवादी फेरी हतियार बोकेर जंगल जान्छ भन्ने भन्ने भ्रम जनतामाझ फैलाईएको भन्दै उहाँले त्यसमा सत्यता नभएको स्पष्ठ पार्दै अबको क्रान्ति शहर र राजधानी केन्द्रित हुने बताउनु भयो ।
अहिले माओवादीले सुरु गरेको भ्रष्टचार बिरुद्धको अभियान पनि त्यसैको एउटा सुरुवाती नमुना भएको भन्दै मुलुकलाई खोक्रो बनाउने र बिदेशीको ईसारामा जनतामाथ्रि भ्रम छर्दै राष्ट्रहित बिपरीत काम गर्नेलाई खुल्लामन्चमा पुर्याएर जनताको बिचमा कार्यहि गर्ने चेतावनी पनि दिनुभयो । त्यस क्रममा बिगतमा आफुसँगै रहेका व्यात्तिहरु नै पनि हुन संक्ने विप्लवको संकेत थियो ।
उहाँले युवा जमातलाई क्रान्तिमा होमिन आह्वान गर्दै अबको आन्दोलनले असफल भैसकेको संसदिय व्यावस्थाको पत्तासाफ पार्ने पनि दाबी गर्नुभयो ।