स्थानीय निकायको निर्वाचन मिति ततकाल घोषणा गर्न सरकारको ध्यानाकर्षण

स्थानीय निकायको निर्वाचन मिति ततकाल घोषणा गर्न सरकारको ध्यानाकर्षण

  • सोमवार, माघ १०, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

काठमाडौ १० माघ ।  

पूर्व सांसद मञ्च नेपालले तत्काल निर्वाचन कानुन पारित गरी स्थानीय तह निर्वाचनको मिति घोषणा गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

अर्को वर्षको माघसम्ममा स्थानीय तह, प्रदेश सभा र संसदको निर्वाचन गराउनुपर्ने संवैधानिक बाध्यता रहेकाले त्यसमा गम्भिर हुन मन्चले दलहरुलाई आग्रह गरेको छ ।

मञ्चको आज बसेको सचिवालय बैठकले अब केही दिनभित्रै निर्वाचन सम्बन्धी कानुन बनाएर निर्वाचनको मिति घोषणा नभए आगामी जेठभित्र चुनाव गराउने सम्भावना नरहने भन्दै सचेत रहन आग्रह गरेको हो ।

नेपालको संविधानले संसदको सदस्य रहेको व्यक्तिमात्र मन्त्रिपरिषदमा जान सक्ने व्यवस्था गरेकामा त्यस विपरीत निर्वाचन आयोगबाटै खारेज भएका दलका व्यक्तिलाई समेत मन्त्रिपरिषदमा नियुक्त गर्ने कार्यबाट संविधानको उल्लंघन भएकोतर्फ सरकार र राजनीतिक दलको ध्यानाकर्षण गराउने बैठकले निर्णय गरेको छ ।

मञ्चका महासचिव शङ्करनाथ अधिकारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ – “यस्ता कार्यले राजनीतिमा नैतिक मूल्य मान्यताको ह्रास हुँदै जानेछ । यसलाई समयमै सच्याउन सचिवालय सरकारको ध्यान आकृष्ट गर्दछ ।”

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ