निर्वाचनको तयारीबारे प्रधानमन्त्री र निर्वाचन आयुक्त यादव विच भेटवार्ता

निर्वाचनको तयारीबारे प्रधानमन्त्री र निर्वाचन आयुक्त यादव विच भेटवार्ता

सय दिन अगाडि नै आवश्यक कानुन बनाउन सुझाव

  • सोमवार, माघ १०, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

काठमाडौं माघ १०।
आगामी वैशाखमा स्थानीय चुनाव गर्ने प्रमुख तीन दलको सहमति लगतै प्रधानमन्त्री पुष्पकमल दाहालले प्रमुख निर्वाचन आयुक्त अयोधी प्रसाद यादवसँग छलफल गर्नु भएको छ ।

आज बिहान बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री दाहालले २०७४ माघ ८ भित्र तीनै तहको चुनाव गराउन सरकार प्रतिबद्ध रहेको भन्दै निर्वाचन आयोगको तयारीबारे जानकारी लिनु भएको छ ।

प्रमुख निर्वाचन आयुक्त यादवले चुनावका लागि आयोग आन्तरिक र प्राविधिक रुपमा तयार भइसकेको भन्दै निर्वाचन सम्बन्धी ऐन कानुनको प्रतिक्षामा रहेको बताउनु भएको छ ।

राजनीतिक ढिलासुस्तीका कारण चैतमा चुनावको सम्भावना टरिसकेको भन्दै प्रमुख निर्वाचन आयुक्त यादवले कम्तिमा एक सय दिन अगाडि नै आवश्यक कानुन बनाउन सुझाव दिनु भयो । अन्यथा २०७४ माघ ७ भित्र तीनवटै तहको चुनाव गराउन नसकिने उहाँको भनाई थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ