मुलुकलाई राजनितिक सुन्यताबाट बचाउन तीनै तहको निर्वाचन आवश्यक ः नेता नेपाल

मुलुकलाई राजनितिक सुन्यताबाट बचाउन तीनै तहको निर्वाचन आवश्यक ः नेता नेपाल

  • सोमवार, माघ १०, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमाडौ १० माघ ।  

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले मुलुकलाई राजनीतिक शून्यताबाट देशलाई जोगाउन अहिले तीन तहको निर्वाचन गर्न आवश्यक रहेको बताउनु भएको छ ।

उहाँले व्यवस्थापिका संसदमा पेश भएको संविधान संशोधन प्रस्तावलाई थाँती राखेर निर्वाचन सम्बन्धी कानुन पारित गरी निर्वाचन आयोगलाई बुझाउन पर्ने बताउनु भयो ।

प्रेस चौतारी नेपाल कास्कीले आज पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै नेता नेपालले अनेकौं बाहनामा निर्वाचनलाई सार्ने चालबाजी भइरहेको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।

उहाँले आगामी माघ ७ गते तीनै तहको निर्वाचन गराएर नयाँ जनप्रतिनिधिलाई जिम्मेवारी हस्तान्तरण गरेपछि मात्रै संविधान कार्यान्वयन हुनसक्ने धारणा राख्नुभयो ।

संविधान संशोधन मधेसी आम जनताको माग नभएको उहाँको दावी छ । संविधान संशोधनलाई विफल पार्ने एक तिहाइ सांसदको संख्या विपक्षीसँग सुरक्षित रहेकाले प्रस्ताव कुनै हालतमा पास नहुने जिकिर गर्नुभयो ।

उहाँले कुनै लोभ, लालच र प्रलोभनमा नपरी देशभक्तिको भावनामा अडिग रहन पनि सबैसँग आग्रह गर्नु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ