राज्य व्यवस्था परामर्श समितिको बैठक बस्दै

राज्य व्यवस्था परामर्श समितिको बैठक बस्दै

  • सोमवार, माघ १०, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

काठमाडौ १० माघ ।  

संसदको राज्य व्यवस्था परामर्श समिकिो बैठक आज बस्दैछ । बिहान १० बजेपछि सिंहदरबारस्थित समिति कार्यलयमा बस्ने बैठकमा निर्वाचनसँग सम्बन्धीत विभिनन तीन वटा विधेयमाथि छलफल हुनेछ ।

माघ १५ भित्र निर्वाचन मिति घोषणा गर्ने तयारीमा रहेको सरकार र निर्वाचन आयोगले आवश्यक कानुन निर्माणपछि एक सय २० दिन तयारीका लागि आवश्यक पर्ने बताएपछि त्यी विधेयकलाई अन्तिम रुप दिने तयारीमा समिति जुटेको हो ।

दलहरुबीच सहमति जुट्न नसक्दा लामो समय समितिमा थन्किएका निर्वाचन आयोगको काम कर्तव्य र अधिकार सम्बन्धी विधेयक, मतदाता नामावली सम्बन्धी विधेयक र राजनीतिक दलसम्बन्धी विधेयकलाई आजको बैठकले अनुमोदन गर्ने कार्यतालिका छ ।

कांग्रेस सांसद आनन्दप्रसाद ढुंगानाको संयोजकत्वमा गठित उपसमितिले तयार पारेको प्रतिवेदनलाई आधार मानेर ती वटै विधेयकलाई आज अन्तिम रुप दिने तयारी भएको समिति सदस्य रामकृष्ण यादवले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ