मधेसबिना पहाडको कल्पना र पहाडबिना मधेसको अस्तित्व स्वीकारसम्म गर्न सकिँदैन: प्रचण्ड

मधेसबिना पहाडको कल्पना र पहाडबिना मधेसको अस्तित्व स्वीकारसम्म गर्न सकिँदैन: प्रचण्ड

  • आइतवार, माघ ९, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

लहान, ९ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधनले मात्र मधेसी, आदिवासी, जनजाति सबैको समस्या समाधान हुने भएकाले ससंद्मा प्रस्तुत भएको संशोधन प्रस्तावलाई सबै मिलेर पारित गराउनुपर्ने बताउनुभएको छ ।

नेकपा (माओवादी केन्द्र)का कार्यालय सदस्य विश्वनाथ साहका आमा सागरदेवी साहको १३ औँ पूण्यतिथिको अवसरमा गोलबजारमा आज आयोजित शोकसभालाई सम्बोधन गर्दै उहाँले संविधान संशोधनले दलित, मधेसी, थारु, आदिवासी जनजातिसहित मधेस, पहाड र हिमाल सबैको समस्या समाधान गर्ने भएकाले शान्ति नचाहनेले संविधान संशोधन प्रक्रियालाई भाँड्न खोजेको आरोप लगाउनुभयो ।

“देशलाई विभाजित गरेर होइन, एकीकृत पारेर मात्र हामीले विकास र पहिचानका मुद्दालाई दरिलो ढङ्गले उठाउन सक्नेछौँ, मधेसबिना पहाडको कल्पना र पहाडबिना मधेसको अस्तित्व स्वीकारसम्म गर्न सकिँदैन”–उहाँले भन्नुभयो, “नेपालको संस्कृति, भूगोल, परम्परा र रहनसहन यसरी एकअर्कासँग गाँसिएको छ कि मधेस, पहाड र हिमाललाई छुट्ट्याएर सबैको स्वामित्व स्थापित हुनै सक्दैन ।”

कार्यक्रममा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले मधेस केन्द्रित दलको मुद्दालाई जतिसक्दो चाँडो सम्बोधन गरी सबैलाई निर्वाचनतर्फ लैजाने प्रयास गर्नुपर्ने बताउनुभयो ।

यसअघि प्रधानमन्त्री दाहालले आजै कर्जन्हाको वस्तीपुरमा जनयुद्धका क्रममा सहिद तथा बेपत्ता पारिएका माओवादी कार्यकर्ता रामशरण नायक, हजारी यादव, दिलीप यादव तथा रामप्रसाद यादवको शालिक अनावरण गर्नुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ