काठमाण्डौं माघ ९ । पुष ७ गते सर्वोच्च अदालतको प्रागंणमा लोकमानलाई कालोमोसो दल्ने क्रममा आफूहरुले लोकमान मुर्दावाद भन्दा पत्रकारले समेत मुर्दावाद भनेको कालोमोसो दल्ने मध्यका एक प्रकाश शाहीले बताएका छन् ।
कालोमोसो दल्ने वित्तिकै आएका पत्रकार मध्य केहीले मुर्दावाद भनेको र पछि नेकपा माओवादी जिन्दावाद भनेर आफूहरुले भन्दा भने उनीहरु नबोलेको शाहीले बताए ।
आईतबार प्रज्ञा भवनमा उनीहरुलाई अभिनन्दन गर्न अखिल क्रान्तिकारीले आयोजना गरेको कार्यक्रममा बोल्दै शाहीले त्यस्तो जनाएका हुन् ।
शाहीका अनुसार लोकमालाई कालोमोसो दल्ने जिम्मा लिए पछि अघिल्लो दिन भरी लोकमानको बारेका समाचार, अन्तवार्ता पढेको र हेरेका थिए उनीहरुले । युट्युबमा भएका भिडियोहरु पनि हेरेका थिए ।
शाहीले भने लोकमानका एडिसिले तत्कालै गोली हानेर मार्न पनि सक्छ या दश वर्ष जेल पनि हाल्न सक्छ भन्ने मानसिकता पहिले नै बताएर तयारी गरेर आफूहरु कानुनको विद्यार्थी बनेर सर्बोच्चमा छिरेका थियौं ।
बिहान देखि नै लोकमानलाई कुरेर सर्बोच्चमा बसेका उनीहरु घरी क्यान्टिन, घरि वर पर गर्दै बसेर कुरे पछि ४ बजे पछि बल्ल आउनासाथ कालोमोसो दल्ने काम गरेको शाहीको भनाई छ ।
मैले कालोमोसो निकाले , चन्द्रले देख्छ कि भनेर मान्छेलाई छेके , त्यस पछि ढिला नगरी मोसो दले शाहीले भने ।
मोसो दल्नु अघि जनहत्यारा लोकमान मुर्दावाद भने पछि लोकमानले हँ भनेर फर्किएका थिए र सोही मौकामा मैले मोसो दले शाहीले अनुभूति सुनाए ।
लोकमान सिह कार्कीलाई कोलोमोसो दले पछि प्रकाश शाही र चन्द्र बुढा एक महिना जेल बसेर गत साता रिहा भएका थिए ।