वन्यजन्तु संरक्षण पाँचौ संशोधन विधेयक सम्बन्धी प्रतिवेदन पारित

वन्यजन्तु संरक्षण पाँचौ संशोधन विधेयक सम्बन्धी प्रतिवेदन पारित

  • आइतवार, माघ ९, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमाडौ ९ माघ ।  

संसदको वातावरण समितिले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण पाँचौ संशोधन सम्बन्धी प्रतिवेदन पारित गरेको छ ।

विधेयकले मध्यवर्ती क्षेत्रका जनतालाई स्थानीय स्रोत साधनमा बढी अधिकार दिनुका साथै त्यसबाट वन्यजन्तु संरक्षणमा विशेष योगदान पुग्ने विश्वास गरिएको छ ।

मध्यवर्ती क्षेत्रको व्यवस्थापन तथा संरक्षण सम्बन्धी कार्य सम्बन्धित उपभोक्ता समितिको परामर्शमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले स्वीकृत गरेको व्यवस्थापन योजना अनुसार गर्ने व्यवस्था विधेयकमा प्रस्ताव गरिएको छ ।

मध्यवर्ती क्षेत्रको व्यवस्थापन तथा संरक्षण गर्दा उक्त क्षेत्रमा रहेका जनताको भू स्वामित्वलाई कुनै असर पार्न नदिइने विधेयकमा उल्लेख छ । यस्तै वातावरणलाई प्रतिकूल असर र वन्यजन्तुलाई हानि नोक्सानी नपुग्ने गरी मध्यवर्ती क्षेत्रमा तोकिए अनुरुप उद्योगधन्दा, होटल, तथा सार्वजनिक यातायात लगायत सेवा सुविधा सञ्चालन गर्न सकिने व्यवस्था गरिएको छ ।

मध्यवर्ती क्षेत्रमा विपद् परी कुनै परिवारलाई वन पैदावार आवश्यक परेमा उपभोक्ता समितिको परामर्शमा संरक्षकले तोकेको स्थानबाट त्यस्ता वस्तु सङ्कलन गर्न सकिने व्यवस्थाका लागि प्रस्ताव गरिएको छ ।

विधेयकमा कुनै पनि विदेशी मुलुकको सरकारले तोकिएको सर्तको अधीनमा रही नेपालमा रहेका वन्यजन्तु माग गरेमा नेपाल सरकारले संरक्षण र व्यवस्थापनको दृष्टिकोणले उपयुक्त ठानेमा मापदण्ड पूरा गरी त्यस्तो वन्यजन्तु उपलब्ध गराउनेछ ।

वन्यजन्तुको सिकार वा ओसारपसार गर्नेजस्ता कसुर गर्नेलाई रु २० हजारदेखि रु ५० हजारसम्म जरिवाना वा एक वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था पनि विधेयकमा समावेश गरिएको समितिले जनाएको छ ।

मध्यवर्ती क्षेत्रका जनताले उठाउँदै आएको जङ्गली जनावरबाट हुने बालीनालीको क्षतिपूर्ति पाउनेजस्ता विषय भने उक्त विधेयकमा नसमेटिएको विषयप्रति केही सांसदले असहमति जनाएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ