आजदेखि मुलुकभरका अदालत र न्यायाधिकरणमा बहसपैरवी कार्य बहिष्कार

आजदेखि मुलुकभरका अदालत र न्यायाधिकरणमा बहसपैरवी कार्य बहिष्कार

  • आइतवार, माघ ९, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

काठमान्डौ माघ ९।
सरकारी वकिल र चार ट्रेड युनियनले आज देखि मुलुकभरका अदालत र न्यायाधिकरणमा बहसपैरवी कार्य बहिष्कार गर्ने भएका छन् ।

न्यायपरिषद्ले गतल तवरबाट उच्च अदालतमा न्यायधिश नियुक्ति गरेको भन्दै त्यसको विरोध स्वरुप महान्यायाधिवक्ता कार्यालय अन्तर्गतका सरकारी वकिलहरुले आजदेखि सर्वोच्च अदालत लगायत मुलुकभरका अदालत बहिष्कार गर्न लागेका हुन् ।

उनीहरुले उच्च अदालतको न्यायाधीश नियुक्तिमा भेदभाव र पक्षपात गरिएको उल्लेख गर्दै निर्णय नसच्याए सम्म आज देखि अदालतलाई असहयोग गर्ने औपचारिक घोषणा गत शुक्रबार नै गरेका थिए ।

साथै उनीहरुले न्यायालयविरुद्ध हुने असहयोग आन्दोलनमा सम्बद्ध पक्षलाई सहयोगका लागि आग्रह समेत गरेका छन् । बिहान १० बजेबाट प्रारम्भ हुने असहयोग आन्दोलनलाई केही दिन दबाबका रूपमा र त्यसपछि अझै कडा र सशक्त बनाउने उनीहरुले बताएका छन् ।

परिषद्बाट भएको त्रुटिपूर्ण सिफारिस सच्याएर सरकारी वकिलको विभेदलाई सम्बोधन गर्न, उच्च अदालतमा न्यायाधीश पद रिक्त भएको सात दिनभित्र ज्येष्ठता कायम हुने गरी सरकारी वकिलबाट नियुक्त गर्न उनीहरूले माग गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ