काठमाडौं , ८ माघ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले आज पछिल्लो राजनितिक गतिरोध तथा संविधान संशोधन विधेयकमा देखिएको अन्यौलता लगायतका बिषयमा प्रमुख दलका शिर्ष नेताहरुसँग छलफल गर्दैहुनुहुन्छ ।
वालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा साँझ ५ बजेपछि हुने छलफलमा संसोधन सहित निर्वाचन सम्बन्धि विधेयकमा सहमतिको प्रयास गरिने छ ।
सरकारले संशोधन विधेयक संसदमा पेस गरेको दुई साता बितिसक्दा पनि प्रक्रिया अगाडि बढ्न सकेको छैन ।
छलफलका लागी नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपाका शीर्ष नेतालाई बोलाइएको प्रधानमन्त्रीको नीजि सचिवालयले जनाएको छ ।
आजको बैठकमा प्रधानमन्त्री दाहालले निर्वाचनसँग सम्बन्धित विधेयकमाथि सम्बन्धित समितिमा दफावार छलफल सुरु हुन नसकेको, संविधान संशोधन विधेयकमाथि सत्तारुढ दलबाटै भईरहेको बिरोध, विधेयकमाथि एमालेसहितका दललाई मनाउने प्रयास गर्नुहुनेछ ।
संविधान संशोधन विधेयक राष्ट्रघाती भएको भन्दै प्रतिपक्षी एमालेसहितका दलले गत मंसिर १६ गतेबाट संदनमा अबरोध गर्दै आएका छन् ।