संशोधनमा सरकार अल्झिए राजनितिक गतिरोध झन चर्कन्छ

संशोधनमा सरकार अल्झिए राजनितिक गतिरोध झन चर्कन्छ

  • शनिबार, माघ ८, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

म्याग्दी, ८ माघ ।

नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले संबिधान संशोधन बिधेयकलाई यथास्थितिमा राखेर राजनीतिक समझदारी कायम गर्न सकिने बताउनुभएको छ ।

प्रेस चौतारी म्याग्दीले आज बेनीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सचिव ज्ञवालीले सरकारले संसद्मा दर्ता गरेको संशोधन प्रस्तावलाई थाँती राख्ने प्रतिबद्धता जनाए राजनीतिक गतिरोधको अन्त्य हुने बताउनुभयो ।

उहाँले सरकार जबरजस्त संसोधन बिधेयक पारित गराउनेतर्फ लागे राजनीतिक असमझदारी झन चुलिनुका साथै संविधान कार्यान्वयनमा पनि जटिल हुने बताउनु भयो ।

संविधान कार्यान्वयनका लागि आगामी एक वर्ष्भित्र तीनवटै तहको निर्वाचन गर्ने वातावरण बनाउन सबै दलबीच सहमतीको प्रयास भईरहेको सचिव ज्ञवालीको भनाई छ ।

संविधान जारी गर्ने बेलामा एक ठाउँमा उभिएका राजनीतिक शक्तिबीच समझदारी बनेमा मधेसवादी दल असहमतिका बाबजुद पनि निर्वाचनमा सहभागी हुने उहाँले दाबी गर्नुभयो ।

सचिव ज्ञवालीले निर्वाचनका लागि आवश्यक कानुन निर्माण, निर्वाचन क्षेत्र निर्धारण आयोगको गठन र स्थानीय तहको सङ्ख्या तथा सिमाना निर्धारण आयोगको प्रतिवेदन कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ