काठमाण्डौ ,८ माघ ।
राष्ट्रपति बिद्यादेवी भण्डारी नवनिर्मित अत्याधुनिक भवनमा सर्नुभएको छ ।
शितल निवास हाताभित्रै निर्माण भएको भूकम्प र बमप्रतिरोधी सुविधासम्पन्न दुई तले आवास भवनमा गएराति नै राष्ट्रपति भण्डारी सर्नुभएको हो ।
उक्त भवन करिब ६२ करोड रुपैयाँ लागतमा निर्माण गरिएको हो । शीतलनिवास परिसरको एक सय आठ रोपनी जग्गामध्ये २० रोपनी जग्गामा नयाँ भवन बनाइएको छ ।
भवन दुई प्याकेजमा निर्माण गरिएको छ । पहिलो प्याकेजमा भवनको संरचना खडा गरिएको हो भने दोस्रोमा आन्तरिक सजावटको काम भएको थियो ।
यद्धपि राष्ट्रपति कार्यलय भने पुरौ भवनमा राखिएको छ । भूकम्पले क्षति पुर्याएपनि सामान्य मर्मत पछि पुरानै भवनमा राष्ट्रपति कार्यलय सन्चालनमा छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline