राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता हुदै

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता हुदै

  • शनिबार, माघ ८, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

काठमाण्डौ ,८ माघ ।

राष्ट्रपति बिद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहालबीच आज भेटवार्ता हुदैछ ।

शितलनिवासमा आज बिहान १० बजे हुने भेटमा वर्तमान राजनितिक अवस्था , संबिधान कार्यान्यन प्रक्रियामा भईरहेको प्रक्रिया लगायतका बिषयमा छलफल हुन लागेको हो ।

नियमित भनिएपनि मुलुकमा जारी राजनैतिक गतिरोध अन्त्यको बिषयमा राष्ट्र प्रमुख र सरकार प्रमुखबीच छलफल हुन लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

राष्ट्रपति भण्डारीले निर्वाचनको समय घर्कीदै गएकोले तत्काल चुनावको मिति घोषणा गरेर राजनितिक गतिरोध अन्त्य गर्न प्रधानमन्त्री दाहाल सहित प्रमुख दलका शिर्षै नेताहरुलाई बारम्बार आग्रह गरेपनि निचोड भने निस्कन सकेको छैन ।

आजको भेटमा प्रधानमन्त्री दाहालले सरकारले सहमतीका लागी जारी राखेको प्रयासबारे राष्ट्रपतिलाई जानकारी गराउनु हुनेछ ।
सरकारले संबिधान संसोधन बिधेयक संसदमा टेबल गर्दै निर्वाचन सँग सम्बन्धित दुई बिधेयक अघि बढाएपनि दलहरुबीच सहमती नहुदा राजनितिक गतिरोधले निकास पाउन सकेको छैन ।

सबै दलको आ आफ्नै अडानका कारण सहमती हुन नसकेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ