काठमाडौं । नेपाली चेली तेरिया मगरले ‘झलक दिखला जा’ को सिजन नौको ताज जितेकी छिन् ।
कलर्स टेलिभिजनमा प्रशारण हुने निक्कै चर्चित डान्स रियालिटी सो मा अन्य दुइ प्रतिस्पर्धीलाई पछाडि पार्दै विजेता बनेकी छिन्।
अनलाइन ‘बलिउड लाइफ’ ले जनाएअनुसार उनी अन्य दुई प्रतिस्पर्धीलाई उछिन्दै विजेता बनेकी हुन्।
औपचारिकरुपमा विजेताको रुपमा उनको नाम शनिबार कलर्स च्यानलबाट सार्वजनिक हुनेछ। सो को फाइनलमा नृत्य र भोटिङको आधारमा विजेता छानिएको थियो। उनले सबैभन्दा धेरै भोट प्राप्त गरेकी थिइन्। सलमान युसुफ र सन्तनु महेस्वरी टेरियालाई कडा टक्कर दिएका थिए।
रुद्रपुर रुपन्देही निवासी टेरियाले यस अघि ‘डान्स इन्डिया डान्स’ को उपाधि समेत हात पारिसकेकी छिन् ।
यो जितसँगै तेरियाले ३० लाख भारतीय रुपैयाँ र रेनाल्ड डस्टर ब्राण्डको कार पनि पाउने छिन्।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline