स्थानीय निकायको निर्वाचन तत्काल घोषणा गर्न सांसदहरुको माग

स्थानीय निकायको निर्वाचन तत्काल घोषणा गर्न सांसदहरुको माग

  • शुक्रबार, माघ ७, २०७३
  • मिर्मिरे अनलाइन

  • 9.4K
    SHARES

काठमाडौ ७ माघ ।
प्रमुख दलका नेता तथा सांसदहरुले तत्काल स्थानीय निकायको निर्वाचन मिति घोषणा गर्न माग गरेका छन् । व्यवस्थापिका संसदको आजको बैठकमा बोल्दै उनीहरुलेस्थानीय निकायको निर्वाचन मिति अविलम्ब घोषणा गर्न सरकारसँग माग गरेका हुन् ।

बैठकको विशेष समयमा बोल्दै नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल अब एक वर्ष मात्र समय बाँकी रहेकाले सरकारले तत्काल चुनावको मिति घोषणा गर्नु पर्नेमा जोड दिनुभयो ।

अबको एक वर्षमा निर्वाचन हुन नसके देशको अस्तित्वनै संकटमा पर्ने पौडेलको भनाई थियो । सरकारले मन्त्री पद र संविधान संशोधनलाई साटासाट गरेको आरोप लगाउँदै निर्वाचन घोषणा नहुनु र ‘राष्ट्रियताका प्रतिकूल गतिविधि’ हुनाका कारणबारे प्रधानमन्त्रीले सदनमा स्पष्ट पार्नुपर्ने माग गर्नुभयो ।

त्यस्तै एमाले उपाध्यक्ष भिम रावलले तत्काल स्थानीय तहको निर्वाचन गर्नुपर्नेमा जोड दिदै सरकार गठनको ६ महिनाको अवाधिमा संविधान कार्यन्वयनका लागि कुनै पनि पहल नभएको बताउनु भयो ।

आफूले शितल निवासमा भएको बैठकमा नेपालको शान्ति सुरक्षामा असर पर्ने काम भएको बारे जानकारी गराएपनि सरकारले त्यसमा चासो नदेखाएको भन्दै रावलले सरकारप्रति असन्तुष्ट समेत व्यक्त गर्नुभयो ।

त्यस्तै रावलले संविधान संशोधनको विषय मन्त्री पदसँग साट्न खोजिएको आरोप समेत लगाउनु भयो । माओवादी केन्द्रका नेता रामनारायण विडारीले संविधान संशोधको चपेटामा दशे परेको र संविधान संशोधन गरेर चुनावमा जानुपर्ने धारण राख्नुभयो ।

यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका परशुराम तामाङले स्थानीय निकाय नहुँदा जनता समस्यामा परेकाले छिटोभन्दा छिटो निर्वाचन हुनुपर्ने माग गर्नुभयो ।

त्यसअघि शून्य समयमा बोल्दै काँग्रेसका रामहरि खतिवडाले संविधान कार्यान्वयनका लागि कार्यतालिका बनाएर अघि बढ्न माग गर्नुभयो ।

एमालेका रामेश्वर फुयाँलले काठमाडौँका भत्किएका र धुले सडक चाँडो मर्मत गर्न माग गर्नुभयो । संसद बैठक आगामी सोमबार दिउँसो एक बजेसम्मका लागि स्थगित भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ