सडकमा गालीगलौज गरेर कूटनीतिक सम्बन्ध सल्टिदैन : महत

सडकमा गालीगलौज गरेर कूटनीतिक सम्बन्ध सल्टिदैन : महत

  • शुक्रबार, माघ ७, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

काठमाडौ ७ माघ ।  

परराष्ट्र मन्त्री डा. प्रकाशशरण महतले कूटनीतिक सम्बन्ध सडकमा आन्दोलन गरेर नसलटिने बताउनु भएको छ । चितवनमा आज सन्चारकर्मीसँग कुरा गर्दै उहाँले सडकमा गालीगलौज गर्दा कूटनीतिक सम्बन्ध थप बिग्रिने बताउनु भयो ।

छिमेकी देश चीन र भारतसँग कुटनीतिक सम्बन्ध सुमधुर हुँदै गएको भन्दै उहाँले खुल्ला सीमा, डुबान समस्या लगायतका कारण भारतसँग समस्या भएपनि चीनसँगको सम्बन्धमा त्यस्तो केही तिक्तता नरहेको बताउनुभयो ।

चीनतर्फको कोदारी नाका खोल्न चीन सरकार तयार रहेको भन्दै उहाँले केरुङलाई विस्तार गर्ने विषयमा पनि छलफल भइरहेको बताउनुभयो । चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको तयारीका लागि छलफल गर्न सचिवस्तरीय संयन्त्रलाई पत्र लेखिसकिएको पनि उहाँले बताउनुभयो ।

यस्तै उहाँले गण्डक सम्झौता कार्यान्वयनका लागि दुई देशका बीचमा सहमति भइसकेको बताउनुभयो । उहाँले माघ महिनाभित्र नेपाली पक्षले डिपिआर तयार गरी नहरको पुनःसंरचना निर्माण भारतीय पक्षले गर्ने सम्झौता भएको बताउनुभयो ।

सो नहरबाट सम्झौताबमोजिम ४० हजार हेक्टर जमिन सिँचाई हुनुपर्नेमा २५ हजार हेक्टर मात्रै हुँदै आएको उहाँले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ