इन्टपोलको क्षेत्रिय सम्मेलन आज सकिदै

इन्टपोलको क्षेत्रिय सम्मेलन आज सकिदै

  • शुक्रबार, माघ ७, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

काठमाडौ ७ माघ ।  

राजधानीमा जारी प्रहरीको अन्तर्राष्ट्रिय संगठन इन्टरपोलको क्षेत्रिय सम्मेलन आज सकिदैछ । राजधानीको हयात् होलमा जारी सम्मेलनमा नेपाल प्रहरीका साथै अन्तर्राष्ट्रिय स्तरका उच्च सुरक्षा अधिकारीहरुले विभिन्न विषयमा छलफल गरेका थिए ।

सममेलनमा अन्तर्राष्ट्रिय अपराध नियन्त्रणका क्रममा प्राप्त अुनभव साटासाट गर्नुका साथै बालबालिका विरुद्ध हुने अपराध, सिमा सुरक्षा व्यवस्थापन, एसिया क्षेत्रमा प्रति आतंकवाद नियन्त्रणको प्रयास, साइबर अपराध लगायतका विषयमा छलफल भएको थियो ।

सम्मेलनमा संगठित अपराध नियन्त्रणको अवस्था, वन्यजन्तु सम्बन्धी अपराध र म्याच फिक्सिङ लगायतका विषयमा कसरी प्रभावकारी ढङ्गले अघि बढ्ने भन्ने विषयमा पनि छलफल भएको नेपाल प्रहरीले जनाएको छ ।

आजको समापन सत्रमा उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि सहभागी हुने तयारी भएको छ । गत बुधबारदेखि जारी सम्मेलनमा विभिन्न २३ राष्ट्रका एक सय ३२ प्रतिनिधि सहभागी छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ