आजपनि संविधान संशोधन विधेयकमाथि छलफल नहुने

आजपनि संविधान संशोधन विधेयकमाथि छलफल नहुने

  • शुक्रबार, माघ ७, २०७३
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

काठमाडौ ७ माघ ।  

व्यवस्थापिका संसदको बैठक आज बस्दैछ । आजको बैठकमा विकास समितिको अनुगमन एवम् मुल्यांकन सम्बन्धी प्रतिवेदन र बोनस पाँचौ संशोधन विधेयक प्रस्तुत गर्ने कार्यसुची रहेको संसद सचिवालयले जनाएको छ ।

यसअघि सदनमा पेश भइसकेको निर्वाचन सम्बन्धी विधेयक र संविधान संशोधन सम्बन्धी विधेयकमाथि भने आजको बैठकमा पनि छलफल नहुने भएको छ ।

मोर्चाके माग सम्बोधनका लागि भन्दै सरकारले सदनमा पेश गरेको संविधान संशोधन सम्बन्धी विधेयकमाथि दलीय सहमति जुटाउन भन्दै सभामुख ओनसरी घर्ती गत पौष २९ गते एक साताका लागि बैठक स्थगित गर्नुभएको थियो ।

यसबीचमा दलहरुबीच प्रभावकारी छलफल र ठोस सहमति जुट्न नसकेपछि आजको संसद बैठकमा पनि संविधान संशोधन विधेयकमासथको छलफल अघि नबढाउने तयारी भएको संसद सचिवालयले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ