काठमाडौ ५ माघ ।
८० जना न्याधिसको नियुक्तिको विरुद्धमा परेको रिटमा सर्वोच्च अदालतले न्यापरिषदलाई कारण देखाउ आदेश जारी गरेकोछ ।
न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले परिषद्लाई ती न्यायाधीशको नियुक्तिका सम्बन्धमा अन्तरिम आदेश दिन नपर्ने तर नियुक्तिको कारण देखाउ आदेश दिएको अदालतका सहप्रवक्ता विश्वराज पौडेलले जानकारी दिनुभयो ।
मुद्दालाई अग्राधिकार दिई पेस गर्न परिषद्लाई आदेशसमेत दिइएको छ । उच्च अदालतमा नियुक्त भएका न्यायाधीश समावेशी नभएको जिकिर गर्दै बुधबार अन्तरिम आदेश माग गरी रिट निवेदन दर्ता भएको थियो ।
परिषद्को गत पुस २८ गतेको बैठकले सात उच्च अदालतका न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको थियो । उनीहरुले पद तथा गोपनीयताको सपथ गरिसकेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline