काठमाडौं ६ माघ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको बताउनुभएको छ ।
इन्टरपोलका अध्यक्ष तथा चिनियाँ कम्युनिष्ट पार्टीका नेता मेङ्ग संग भएको भेटमा उहाँले नेपाल र चीन असल छिमेकी भएकोले सडक, रेल र हवाई कनेक्टिभिटी बढाउन चाहेको पनि बताउनु भयो ।
भेटमा प्रधानमन्त्री प्रचण्डले नेपाल चीनियाँ राष्ट्रपतिलाई स्वागत गर्न आतुर रहेको जानकारी गराएदै भारतको गोवा भ्रमणका क्रममा त्रिदेशीय रणनीतिक साझेदारी र व्यापारिक सम्बन्धबारे आफू, सि जिनपिङ र नरेन्द्र मोदीबीच निकै सकारात्मक छलफल भएको स्मरण गराउनुभएको थियो ।
भेटमा होङ्ग्वीले नेपालको एक चीन नीतिप्रति धन्यवाद व्यक्त गर्दै इन्टरपोलको मूख्यालय फ्रान्सको भ्रमण गर्न प्रधानमन्त्रीलाई निमन्त्रणा दिएका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline