नेपाललाई फ्रि र अनएराएवल भिसाको व्यवस्था गरिएको इण्डोनेसियन राजदूतको भनाई

नेपाललाई फ्रि र अनएराएवल भिसाको व्यवस्था गरिएको इण्डोनेसियन राजदूतको भनाई

प्रधानमन्त्रीसँग इण्डोनेसियाका राजदूतको विदाइ भेट,

  • बिहिबार, माघ ६, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

काठमान्डौ माघ ६।
प्रधानमन्त्री पुष्पकमल दाहालसँग नेपालका लागि इण्डोनेसियाका राजदूत इवान विरान्ता अत्मड्जाले बिदाई भेट गर्नु भएको छ ।

आफ्नो चार वर्षे कार्यकालको समाप्तिसँगै अत्मड्जाले प्रधानमन्त्रीसँग बिदाई भेट गर्नु भएको हो । भेटका अवसरमा प्रधानमन्त्रीले राजदूत अत्मड्जाको कार्यकालमा नेपाल र इण्डोनेसियाबीचको सम्बन्ध थप सुमधुर भएको बताउनु भएको थियो ।

यस्तै प्रधानमन्त्रीले भूकम्पको विपत्तिका बेला इण्डोनेसियाले नेपाललाई राम्रो सहयोग गरेको भन्दै त्यसका लागि राजदूत र इण्डोनेसिया सरकारलाई धन्यवाद दिएको उहाँको नीजि सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीले आगामी दिनमा इण्डोनेसियासग पर्यटन, जलविद्युत र आर्थिक विकासका क्षेत्रमा नेपाल सहकार्य गर्न ईच्छुक रहेको धारणा समेत भेटका क्रममा राख्नु भएको थियो ।

बिदाई भेटका क्रममा राजदूत अत्मड्जाले आफ्नो कार्यकाल सफल पार्न नेपाल सरकारले गरेको सहयोग र सद्भावका लागि प्रधानमन्त्रीलाई धन्यवाद दिँदै दुई देशीय सम्बन्ध विस्तारमा आफ्नो कार्यकाल सफल भएको बताउनु भयो । साथै भेटमा राजदूतले नेपाललाई फ्रि र अनएराएवल भिसाको व्यवस्था गरिएको जानकारी दिनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ