काठमाडौं, माघ ६।
सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका दुइ न्यायधिशको सुनुवाइ प्रक्रिया आज हुदै छ । सर्वोच्चको न्यायाधीशमा सिफारिस तेजबहादुर केसी र पुरुषोत्तम भण्डारीको सुनुवाई आज हुन लागेको हो ।
केसी र भण्डारीको सम्बन्धमा तीनवटा उजुरी परेको संसदीय सुनुवाई समितिले जनाएको छ ।
बिहान ११ बजेपछि सुरु हुने सुनुवाई समितिको बैठकमा दुवैजनाले आफ्नोविरुद्ध परेको उजुरीबारे जवाफ दिनुका साथै भावी कार्ययोजनाबारे पनि जानकारी गराउनु हुनेछ ।
सुनुवाई पछि समितिले नियुक्तिका लागि सिफारिस गर्ने नगर्ने निर्णय गर्नेछ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline