काठमाडौँ, ६ माघ ।
विश्वभरका प्रहरीको छाता सङ्गठनका रूपमा रहेको इन्टरपोलको २३औँ एसिया क्षेत्रीय सम्मेलनमा आज नेपाल प्रहरीले मानव बेचबिखनबारे कार्यपत्र प्रस्तुत गर्दै छ ।
काठमाडौँको होटल ह्यात रेजेन्सिमा जारी सम्मेलनमा आज मानव बेचबिखन, बालबालिकाविरुद्ध हुने अपराध, सङ्गठित अपराध, सीमा सुरक्षा तथा व्यवस्थापन, सीमावर्ती अपराध, आतङ्कवाद, साइबर अपराध, वन्यजन्तुसम्बन्धी अपराधका विषयमा सम्मेलनमा छलफल नेपाल प्रहरीले जनाएको छ ।
एसिया क्षेत्रका ३६ राष्ट्रका कानुन कार्यान्वयन गर्ने अधिकारीको प्रतिनिधित्व रहेको सम्मेलनमा नेपाल प्रहरीका महानिरीक्षक उपेन्द्रकान्त अर्याललले मानव बेचबिखनबारे कार्यपत्र प्रस्तुत गर्नुहुने छ ।
सम्मेलनमा अन्तराष्ट्रिय स्तरका सुरक्षा अधिकारीले आ आफ्ना अनुभव समेत आदन प्रदान गर्ने कार्यक्रम रहेको छ । यस्तै एसिया क्षेत्रको सुरक्षा चुनौती र समाधानका उपायबारे सम्मेलनमा छलफल हुने इन्टरपोलका अध्यक्ष मेङ हङवेइलले बताउनुभयो ।
यसअघि १०औँ क्षेत्रीय सम्मेलन गरेको नेपालले २७ वर्षपछि अहिले २३औँ सम्मेलन गरेको हो । हिजोबाट सुरु सम्मेलन भोली सम्म चल्ने छ ।