प्रधानमन्त्रीले आज थप मन्त्रीमण्डल विस्तार गर्दै

प्रधानमन्त्रीले आज थप मन्त्रीमण्डल विस्तार गर्दै

  • बिहिबार, माघ ६, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

काठमाडौं, माघ ६।
नयाँ सरकार गठन भएको पाँचमहिना पुग्नै लाग्दा आज मन्त्रीपरिषद थप विस्तार हुँदैछ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले आज साना दलका तर्फबाट समाजबादी जनता दलका प्रेमबहादुर सिंह र अखण्ड पार्टीका कुमार खड्कालाई मन्त्रीमा नियुक्त गर्न लाग्नुभएको हो ।

संसदमा विचाराधिन अवस्थामा रहेको संविधान संशोधन विधेयक पारित गराउने रणनीति स्वरुप प्रधानमन्त्री दाहालले संसदमा प्रतिनिधित्व गर्ने साना दललाई सरकारमा सहभागी गराउन लाग्नु भएको हो ।

प्रधानमन्त्री दाहालले आज दिउसो २ बजे पछि साना दलका दुइ सांसदलाई पद तथा गोपनियताको सपथ खुवाउनु हुने कार्यक्रम रहेको छ । यो सँगै मन्त्रीमण्डल ४३ सदस्यीय हुने छ ।

सिंहले खानेपानी तथा सरसफाइ र खड्काले महिला तथा बालबालिका मन्त्रालय पाउने तय भएको प्रधानमन्त्री नीजि सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री दाहालले फोरम लोकतान्त्रिकलाई सरकारमा लैजाने र राप्रपाका मन्त्री थप गर्ने तयारी गरेपनि दुवै दलले तत्काल सरकारमा मन्त्री नपठाउने भएपछि प्रधानमन्त्रीले साना दलका तर्फबाट सिंह र खड्कालाई मन्त्री बनाउन लाग्नुभएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ