काठमाडौ ५ माघ ।
नेकपा एमालेका उपाध्यक्ष भीमबहादुर रावलले सरकार मुलुकप्रति जिम्मेवार भए तत्काल निर्वाचनको मिति घोषणा गर्नुपर्नेमा जोड दिनुभएकोे छ ।
रिपोर्टस क्लब नेपालले आज काठमाडौमा आयोजना गरेको साक्षात्कारमा बोल्दै उहाँले मुलुकलाई निकास दिन निर्वाचन पहिलो प्राथमिकता भएको बताउनु भयो ।
सरकारले निर्वाचनको मिति घोषणा गरे पूर्णरुपमा सहयोग गर्न एमाले तयार रहेको रावलको भनाई थियो । ९० प्रतिशत जनताको हस्ताक्षरमा निर्माण भएको संविधान तत्काल संशोधनको आवश्यकता नरहेको दावी गर्नुभयो ।
पूर्व गृहमन्त्री समेत रहनु भएका नेता रावलले स्थानीय तह निर्वाचनका लागि संविधान संशोधन आवश्यक नभएको पनि स्पष्ट पार्नुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline