चन्द्रकला राईको ‘सोल्टि हजुर’को म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

चन्द्रकला राईको ‘सोल्टि हजुर’को म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

  • बुधबार, माघ ५, २०७३
  • मिर्मिरे अनलाइन

  • 8.4K
    SHARES

काठमाण्डौ ,पुस ५ ।
सञ्चारकर्मी तथा गायिका चन्द्रकला राईको दोस्रो एल्बम ‘सोल्टि हजुर’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।
गायिका राईको आफ्नै स्वर र शब्दमा रहेको ‘सोल्टिनी ज्यू सोल्टिनी ज्यू भन्दिउ कि आइ लभ यु’ बोलको गीत सार्वजनिक भएको हो । सो गितमा उनलाई गायक रेवत राईले साथ दिएका छन् । गीतमा भीषण मुकारुङको र सागर संसार राईले संगीत संयोजन गरेका छन् ।
साथै नेत्र किराँतीले निर्देशन गरेको भिडियो शिर कुमार साङपाङले छायांकन गरेका हुन् भने अभिनय सुमन, कोपिला र शेर बहादुरको रहेको छ । यस एल्बममा भीषण मुकारुङका साथै सङ्गीत प्राज्ञ गणेश रसिक, दीपक शर्मा र पारस मुकारुङ्को सङ्गीत रहेको छ । त्यस्तै गायिका चन्द्रकला राई, रेवत राई र राजेश पायल राईले स्वर दिएका छन् ।
एल्बममा कवि स्वप्नील स्मृतिको पनि शब्द रहेको छ । भोजपुर जिल्लामा बसेर पत्रकारिता तथा सांगतिक क्षेत्रमा लागिरहेको राईको एल्बम केही दिनमा सार्वजनिक हुने गायक रेवत राईले जानकारी दिएका छन्। ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी