संविधान संशोधन पारितका लागि प्रधानमन्त्रीले भोली थप दुईमन्त्री नियुक्ति गर्ने

संविधान संशोधन पारितका लागि प्रधानमन्त्रीले भोली थप दुईमन्त्री नियुक्ति गर्ने

  • बुधबार, माघ ५, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाडौं, ५ माघ ।  

संसदमा पेश भएको संविधान संशोधन प्रस्ताव कुनैपनि हालतमा पारित गराउने रणनितिमा रहेको सरकारले मन्त्री परिषद विस्तारको तयारी गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले भोली अखण्ड नेपाल पार्टीका कुमार खड्का र समाजवादी जनता पार्टीका प्रेमबहादुर सिंहलाई मन्त्री बनाउने तयारी गर्नुभएको बालुवाटार स्रोतले जनाएको छ । खड्का र सिंहको सपथग्रहण भोली नै जनाइएको छ ।

खड्का महिला बालबालिका तथा समाज कल्याण मन्त्री र सिंहले खानेपानी तथा सरसफाई मन्त्रालयको जिम्मेवारी सम्हाल्नु हुनेछ । सिंह केपी ओली नेतृत्वको सरकारमा पनि खानेपानी तथा सरसफाई मन्त्री हुनुहुन्थ्यो भने खड्का पहिलो पल्ट मन्त्री हुन लाग्नु भएको हो ।

संविधान संशोधन प्रस्ताव पारित गराउनका लागि दुई तिहाई बहुमत जुटाउन प्रधानमन्त्री दमहमलले मन्त्रीपरिषद विस्तारको तयारी गर्नुभएको हो । यस्तै संसदको चौथो ठूलो दल राप्रपाबाट अध्यक्ष थापासहित थप ३ मन्त्री नियुक्त गर्ने प्रधानमन्त्रीको तयारी छ ।

अहिले नै सरकारमा २ मन्त्री भएको राप्रपाले सरकारले संसदमा दर्ता गरेको संविधान संशोधन प्रस्तावको भने समर्थन गरिसकेको छैन् । यस्तै मधेसी जनअधिकार फोरम लोकतान्त्रिकलाई पनि सरकारमा ल्याउने बारेमा सरकारले छलफल अघि बढाएको जनाइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ