माओबादी रुपन्देहिको जिल्ला सम्मेलनको शुरु, फाल्गुन पछि राष्ट्रिय राजनितिले नया मोड लिन्छ-वलि

माओबादी रुपन्देहिको जिल्ला सम्मेलनको शुरु, फाल्गुन पछि राष्ट्रिय राजनितिले नया मोड लिन्छ-वलि

  • बुधबार, माघ ५, २०७३
  • प्रकाश डुम्रे

  • 6.7K
    SHARES

बुटवल ।

नेकपा(माओबादी)का स्थायि समिति सदस्य हेमन्त प्रकाश वलि सुर्दशनले दलाल सँसदिय ब्यबस्थाको अन्तय गरि नया जनबादी ब्यबस्थाका लागि एकिकृत जनक्रान्तिका कार्यदिशा निर्णायक हुने बताएका छन ।

नेकपा(माओबादी)रुपन्देहिको पाचौ जिल्ला सम्मेलन उदघाटन गर्दै नेता वलिले प्रचण्ड बाबुरामले क्रान्तिलाई धोका दिएको कारण छुट्टै माओबादी पुर्नगठन गरि अगि बढनु परेको बताए । उनले बिदेशि हस्क्षेपले सिमा नाघ्दै जादा राष्ट्रियता दिन प्रतिदिन झन नाजुक हुदै गएको बताए उनले जनताका जनजिबिका,राष्ट्रिय स्बाधिनताका लागि नेपालि जनता एकजुट भएर क्रान्तिका पक्षमा लाग्न अपिल समेत गरे नेता वलिले पार्टिको आठौ राष्ट्रिय महाधिबेशन पछि राष्ट्रिय राजनिति फरक ठाउमा पुग्ने दाबि समेत गरे ।

कार्यक्रममा सोहि पार्टिका केन्द्रिय सदस्य तथा लुम्बिनि ब्युरो ईन्चार्ज चन्द्र बहादुर चन्द बिरजगँले देशभित्र चुलिदै गएको महगिँ,कालोबजारी र भष्ट्रचारका बिरुद्द आफ्नो पार्टिले सर्षशका कार्यक्रम लाई बढाउदै लैजाने बताए कार्यक्रममा नेकपा(माओबादी)का केन्द्रिय सदस्य एबम रुपन्देहिका पुर्व जिल्ला ईन्चार्ज बशन्त श्रेष्ठ प्रज्जवलन,अनेमसघँ क्रान्तिकारीका केन्द्रिय अध्क्षय बन्धु चन्द,बामपन्थि बुद्दिजिबि दिल शाहनि,अखिल नेपाल शिक्षक सगँठनका केन्द्रिय बरिष्ठ उपाध्क्षय घनश्याम पाठक लगाएतले बोलेका थिए ।

माओबादीले उदघाटन पुर्व बुटवल चौडाह देखि ट्राफिकचोक सम्म बिशाल र्यालि समेत निकालेको थियो । उदघाटन पछि चल्ने बन्द सत्रमा जिल्लाभर झण्डै दुई सय प्रतिनिधि प्रबेक्षक रहने आयोजकले जनाएको छ ।कार्यक्रममा माओबादी रुपन्देहिका सचिव सरद वलिको सभापतित्व,अमर आर सिको सञ्चालन र बिश्वास भट्टराईले स्वागत मन्तब्य राखेका थिए भने रक्तरञ्चित सास्कृतिक परिवारले बिभिन्न सास्कृतिक झलक समेत देखाईएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ