नेकपा माओवादी काठमाडौ जिल्लाको सम्मेलन आज

नेकपा माओवादी काठमाडौ जिल्लाको सम्मेलन आज

  • बुधबार, माघ ५, २०७३
  • मिर्मिरे अनलाइन

  • 9.2K
    SHARES

काठमाडौ ५ माघ ।  

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीको काठमाडौं जिल्ला सम्मेलन आजदेखि सुरु हुदैछ । दुई दिनसम्म चल्ने सम्मेलनले नयाँ नेतृत्व चयन गर्नेछ ।

सम्मेलनका अघि काठमाडौँका विभिन्न स्थानबाट जुलुस निकाल्ने तयारी भएको छ । राजधानीको चवहिल, सुनधारा, कलंकी, सामाखुशी, वानेश्वर लगायतका क्षेत्रबाट सुरु हुने जुलुस शान्तिबाटिकाबाट एकातृत हुनेछ ।

त्यसपछि शान्तिवाटिकामा सुरु हुने जुलुस पुरानो बसपार्क, शहिद गेट, सुन्धारा हुँदै पुनः शान्तिवाटीकामा पुगेर सभामा परिणत हुने केन्द्रीय सदस्य तथा काठमाडौँ जिल्ला सेक्रेटरी माइला लामाले जानकारी दिनुभयो ।

सम्मेलनको बन्दसत्र भोलीबाट सुरु हुनेछ । उद्घाटन समारोहलाई पार्टीका केन्द्रीय नेताहरुले सम्बोधन गर्ने जनाइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ