नेपालमा पर्यटन क्षेत्रको विकास आपेक्षित रुपमा हुन सकेन : पर्यटनमन्त्री

नेपालमा पर्यटन क्षेत्रको विकास आपेक्षित रुपमा हुन सकेन : पर्यटनमन्त्री

  • मङ्लबार, माघ ४, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाडौ ४ माघ ।  

संस्कृति पर्यटन तथा नागरिक उड्डयानमन्त्री जीवनबहादुर शाहीले नेपालमा पर्यटन क्षेत्रको विकास आपेक्षित रुपमा हुन नसकेको बताउनु भएको छ ।

नेपाल–क्यानडा दौत्य सम्बन्धको ५२ औँ वर्ष पुगेको अवसरमा नेपाल–क्यानडा मैत्री तथा सांस्कृतिक संघले आज राजधानी मा आयोजना गरेको ‘पर्यटन प्रवद्र्धन र नेपाल–क्यानाडा सम्बन्ध’ विषयक अन्तरक्रियामा बोल्दै उहाँले पर्यटन क्षेत्रको विकास व्यक्ति वा मन्त्रीले चाहेर मात्र नहुने बताउनु भयो ।

नेपालको पर्यटन क्षेत्रको विकासका लागि पूर्वाधारको विकास आवश्यक रहेको भन्दै उल्लेख्य मात्रामा पूर्वाधार नहुँदा पर्यटन क्षेत्रको विकास तीव्र गतिमा हुन नसकेको मन्त्री शाहीको भनाई थियो । नेपालको पर्यटनको विकासका लागि आफू निरन्तर लागिरहेको मन्त्री शाहीले बताउनु भयो ।

नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष आङ्छिरिङ शेर्पाले पर्यटन एकमुठी माटो निर्यात नगरी अर्बौं रुपैयाँ भित्र्याउने पेसा भएकाले यसलाई सरकारले प्राथमिकतामा राख्नुपर्ने बताउन ुभयो । उहाँले नेपालमा आठ हजारभन्दा उचाइका १४ हिमाल रहेको भन्दै यसलाई विश्वसामु चिनाउनु जरुरी रहेको स्पष्ट पार्नुभयो ।

सो क्रममा नेपाल पर्यटन बोर्डका पूर्व कार्यकारी निर्देशक प्रचण्डमान श्रेष्ठले नेपालको पर्यटन विकासमा क्यानडाको ठूलो सहयोग रहेको बताउनुभयो । सङ्घका अध्यक्ष हिरण्यलाल श्रेष्ठले नेपाल–क्यानडाको सम्बन्धलाई थप प्रगाढ बनाउन सङ्घ निरन्तर लाग्ने बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ