संविधान संशोधन नभएसम्म निर्वाचन सम्भव छैन : गच्छादार

संविधान संशोधन नभएसम्म निर्वाचन सम्भव छैन : गच्छादार

  • मङ्लबार, माघ ४, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

काठमाडौ ४ माघ ।  

मधेशी मोर्चा आवद्ध दल मधेसी जनाधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले परिर्माजनसहित संविधान संशोधन नभएसम्म निर्वाचन सम्भव नरहेको बताउनु भएको छ ।

जनताको माग र अधिकार सुनिश्चित नभएसम्म निर्वाचन नहुने र त्यसका लागि संविधान परिमार्जनसहित संशोधन गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्नुभयो ।

मधेसी जनाधिकार फोरम क्षेत्रीय समिति क्षेत्र नम्बर ४ सुनसरीले आज सुनसरीको मध्यहर्षाही गाविसमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले पहिला संशोधन र त्यसपछि निर्वाचन गर्नुपर्नेमा जोड दिनु भयो ।

संविधान संशोधन र निर्वाचन नभएसम्म मुलुकमा अस्थिरता कायम रहने गच्छादारको भनाई थियो । उहाँले वर्तमान सरकारमा फोरम लोकतान्त्रिक जाने कुरा हल्ला मात्रै भएको बताउनु भयो । उहाँले संविधान संशोधन गरी सात प्रदेशबाट आठाँै प्रदेश बनाउनुपर्ने तर्क गर्नुभयो ।

गच्छदारले संविधानमा सबैको अपनत्व नभएसम्म कार्यान्वयन चुनौतिपूर्ण रहेको बताउनुहँुदै संविधान कार्यान्वनका लागि सबै आदिवासी जनजाति, मधेसी मुस्लिमको माग सम्बोधन गर्न समेत आवश्यक रहेको उल्लेख गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ