प्रधानमन्त्री दाहाल आज स्वदेश फर्कदै

प्रधानमन्त्री दाहाल आज स्वदेश फर्कदै

  • मङ्लबार, माघ ४, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमान्डौ माघ ४।
प्रधानमन्त्री पुष्पकमल दाहाल आज स्वदेश फर्कदैं हुनुहुन्छ । उर्जा सम्बन्धी विश्व सम्मेलन वल्ड फ्युचर इनर्जी समिटमा सहभागी हुन गत शनिबार यूएई जानु भएका प्रधानमन्त्री दाहाल आज स्वदेश फर्कन लाग्नुभएको हो ।

प्रधानमन्त्री दाहाल अपरान्ह ४ वजे इत्तिहाद एयरबाट स्वदेश फर्कनुहुने उहाँको निजी सचिवालयले जनाएको छ । सम्मेलनमा हिजो प्रधानमन्त्री दाहालले विशेष वक्ताका रुपमा सम्वोधन गर्नुभएको थियो ।

सम्मेलनलाई सम्वोधन गर्दै प्रधानमन्त्री दाहालले नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न विश्व समुदायलाई आग्रह गर्नु भएको थियो ।

उहाँले सरकारले वैदेशिक लगानीका लागि सहज नीति अवलम्बन गरेको भन्दै नेपाल एसिया मै लगानीका लागि सहज मुलुकका रुपमा स्थापित भएको समेत उल्लेख गर्नू भएको थियो ।

प्रधानमन्त्री दाहालले सम्बोधनका क्रममा नेपालमा सन् २०२५ सम्म १० हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य रहेको समेत बताउनु भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ