भूराजनिति सम्बन्धी सम्मेलन आजदेखि नयाँदिल्लीमा

भूराजनिति सम्बन्धी सम्मेलन आजदेखि नयाँदिल्लीमा

  • मङ्लबार, माघ ४, २०७३
  • मिर्मिरे अनलाइन

  • 8.9K
    SHARES

काठमाडौ ४ माघ । 

भारतीय विदेश मन्त्रालय तथा भारत सरकार निकट मानिने थिङ्क ट्यांक अब्जर्भर रिचर्ड फाउन्डेसको संयुक्त आयोजनामा भूराजनिति सम्बन्धी सम्मेलन अर्थात दोस्रो रायसिना डायलग आजदेखि भारतमा हुदैछ ।

सम्मेलनको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गर्ने कार्यक्रम छ । सम्मेलनमा नेपालका तर्फबाट परराष्ट्रमन्त्री प्रकाश शरण महतले सहभागिता जनाउदै हुनुहुन्छ ।

अमेरिका भ्रमणमा रहनु भएका परराष्ट्रमन्त्री महत हिजो त्यहाँबाटै सिधै दिल्ली पुग्नु भएको हो । भारतीय विदेशमन्त्रालयले जनवरी १६ देखि १८ सम्म महतको भ्रमण तालिका तय भएको बताइएको छ ।

आजबाट सुरु हुने सम्मेलनमा उद्घाटनपछिको पहिलो प्यानलमा मन्त्री महतले बोल्ने कार्यक्रम छ । विग पालिटिक्स एन्ड न्यु च्यालेन्ज विषयक उक्त सत्रमा परराष्ट्रमन्त्री महतसहित अफगानिस्तानका पूर्वराष्ट्रपति हमिद कारजाई, क्यानाडाका पूर्वप्रधानमन्त्री लगायतले सम्बोधन गर्ने जनाइएको छ ।

दुई उदायमान मुलक भारत र चीनको बीचमा रहेको नेपाल अहिले पनि भूराजनितिक बनोटका आधारमा महत्वपूर्ण रहेको छ । तीन दिनसम्म चल्ने सम्मेलनमा ६० भन्दा बढी मुलुकका पूर्वराज्य तथा सरकार प्रमुख, उच्च सरकारी अधिकारी, नितिनिर्माता र बौद्धिक वर्गको सहभागिता रहनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ