काठमाडौ ३ माघ ।
स्वास्थ्य मन्त्री तथा कांग्रेस नेता गगन थापाले आगामी जेठभित्र स्थानीय तहको निर्वाचन गर्ने गरी सरकार जुटेको बताउनु भएको छ ।
दोलखाको चरिकोटमा आज नेपाल सांस्कृतिक संघको दोस्रो जिल्ला अधिवेशनको उद्घाटन गर्दै उहाँले संविधान कार्यन्वयका लागि अपरिहार्य सबै तहको निर्वाचन २०७४ मंसिर भित्र गराउने लावी गर्नुभयो ।
कांग्रेस हारे पनि चुनाव गराएरै छाडने मन्त्री थापाको भनाई थियो । अब बस्ने संसद बैठकले निर्वाचन सम्बन्धि विधेयक पारित गर्ने र ढिलोमा जेठसम्ममा स्थानीय निर्वाचनको मिति तोक्ने कार्य सरकारले गर्ने मन्त्री थापाले बताउनु भयो ।
उहाँले प्रजातन्त्रमा निर्वाचन महत्वपूर्ण भएकोले निर्वाचन हारिने डरले चुनावबाट भाग्ने मानसिकता अन्त्य गर्न कार्यकर्तालाई निर्देशन समेत दिनुभयो । मधेसको धोती र पहाडको टोपी जोगाउन पनि कांग्रेस निर्वाचनमा जानुपर्ने उहाँको भनाई थियो ।