नेपालमा जलविद्युत् र सौर्य ऊर्जालाई एकीकृत गरेर अघि बढाउन युएईको सुझाव

नेपालमा जलविद्युत् र सौर्य ऊर्जालाई एकीकृत गरेर अघि बढाउन युएईको सुझाव

  • सोमवार, माघ ३, २०७३
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

काठमाडौ ३ माघ ।  

उर्जा सम्बन्धी विश्व सम्मेलनमा सहभागी हुन युएईमा रहनु भएका ऊर्जामन्त्री जनार्दन शर्माले त्यहाँका समकक्षी सुहेल महम्मद अल मजौरीसँग आज भेटवार्ता गर्नुभएको छ ।

राजधानी अबुधाबीस्थित ऊर्जा मन्त्रालयमा आज भएको भेटमा उहाँले नेपालको जलविद्युत् क्षेत्रमा लगानी गर्न युएइका ऊर्जामन्त्रीलाई आग्रह गर्नुभएको युएईस्थित नेपाली दूतावासका सहचारी केशवराज पोख्रेलले जानकारी दिनुभयो ।

मन्त्री शर्माले कम्तीमा आगामी सय वर्षसम्मका लागि नेपालमा जलविद्युत् विकासको राम्रो सम्भावना रहेकाले त्यसमा लगानी गर्न युएइ सरकारलाई अनुरोध गर्नुभएको छ ।

जवाफमा युएइका ऊर्जामन्त्री मजौरीले नेपालमा जलविद्युत, कृषि र पर्यटनमा लगानी गर्न आफूहरु इच्छुक जानकारी गराउदै दिगो ऊर्जा विकासका लागि जलविद्युत् र सौर्य ऊर्जालाई एकीकृत गरेर अघि बढाउन नेपाललाई सुझाव दिनुभयो ।

यसैबीच ऊर्जामन्त्री शर्मा अबुधाबीस्थित नेपाली राजदूतावास, नेपाली जनप्रगतिशील मञ्च युएइ र नेपाली बिजनेस काउन्सिलले आयोजना गरेका विभिन्न कार्यक्रममा सरिक हुनुभएको उहाँका स्वकीय सचिव वसन्तराज शर्माले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ